७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएमा आर्थिक पारदर्शिताः संस्थापक अध्यक्ष डा. महतोले ‘मोटिभेस्नल स्पीच’ दिने

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७९, आईतवार १६:०७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको आर्थिक पारदर्शिता,सकुशल आर्थिक व्यवस्थापन र आर्थिक संकलन बिषयक एक दिने अन्तरक्रिय कार्यक्रममा आयोजना गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघको एनआरएनए एकेडेमीको आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रममा संघका उपाध्यक्ष डा. हेम राज शर्मा विषेश कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

एकेडेमीका संयोजक डा. नवराज रोस्याराका अनुसार सो सम्मेलनमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मोटिभेस्नल स्पीच दिने छन् ।

आगामी आइतवार, सेप्टेम्बर ११ तारिख जुम मार्फत आयोजना हुने अन्तरक्रिया कार्यक्रममा संघका वर्तमान अध्यक्षहरु, महासचिवहरु तथा कोषाध्यक्षहरु लगायत संघका राष्ट्रिय समन्वय समितिहरूको सहभागिता रहने छ । डा. रोस्याराले सोही क्रममा आर्थिक पारदर्शिताका विषयमा समेत तालिम समेत दिइने हुदाँ विश्वभरि छरिएका सवै नेपालीहरूका लागि सो कार्यक्रम लाभदायक हुने बताएका छन् ।