१३ बैशाख २०८१, बिहीबार
Follow Us

एमाले सांसद डा. पाठक बागलुङ क्षेत्र नं १ बाट दोस्रो पटक प्रतिनिधिको लागि उम्मेदवार सिफारिस

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७९, सोमबार ०३:५९

बागलुङ । नेकपा एमालेले प्रतिनीधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नंं १ बाट ६ जनालाई उम्मेदवारको लागि सिफारिस गरेको छ । संघीय निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आईतवार बसेको बैठकले पार्टी नेताहरु मनकुमारी केसी, इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्री राना, संजाल शर्मा र राम शर्मालाई सिफारिश गरेको हो ।

केसी र पाठक बहालवाला सांसद हुन् । केसी समानुपातिक र पाठक प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत निर्वाचनमा समानुपातिक सांसद बनेकाहरु यो पटक समानुपातिकमा बस्न नपाउने प्रावधानपछि केसीले प्रत्यक्षमा नाम राखेकी हुन् ।

राना पनि गण्डकी प्रदेशसभा सदस्य हुन् । उनी समेत समानुपातिक सांसद भएकोले यो पटक दोहोरिन नपाउने सूचीमा थिइन् । सापकोटा पार्टी केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य हुन् । उनी अघिल्लो पटक प्रत्यक्ष निर्वाचित थिए । सञ्जाल जनमोर्चाबाट एमालेमा प्रवेश गरेका नेता हुन भने राम शर्मा कानुन व्यवसायी हुन् ।