१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए एसिया प्यासिफिक सदस्य सचिव प्रदिप न्यौपाने सम्मानित

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७९, सोमबार ०४:०६

काठमाडौं । गैरआवासीय नेपाली संघको एसिया क्षेत्रीय सदस्य सचिव प्रदिप न्यौपाने सम्मानि भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेपले) ले आफ्नो ५९ औँ वार्षिकोत्सव समारोहमा शनिवार आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।

सो अवसरमा विभिन्न विधामा खेलाडी, पत्रकार तथा संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ ।

परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजको समुपस्थितिमा परिषद्ले उत्कृष्ट स्थानीय तह सम्मानका साथै उत्कृष्ट (जुनियर र सिनियर) वर्ष खेलाडी तथा उत्कृष्ट खेलकुद पत्रकारलाई सम्मान गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा उत्कृष्ट खेल सामाग्री उत्पादकका रुपमा कामारुले(केल्मी) सम्मान प्राप्त गरेको हो । एनआरएनए एशिया प्यासिफिक सचिव तथा कामारु ट्रेडिङ प्रालीका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्मान ग्रहण गरेका थिए । कामारु ट्रेडिङ प्राली (केल्मी)ले राष्ट्रिय क्रिकेट टोली र राष्ट्रिय भलिबल टोली , राष्ट्रिय लिगका फुटबल क्लब लगायतलाई प्रायोजन गर्दै आएको छ ।

“अन्तर्राष्ट्रिय खेल सामाग्री तथा पोशाक उत्पादक केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रा लि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सम्मानित भएको छ ।”

राखेपले यसपाली टेबल टेनिसका इभाना थापा र एथेलेटिक्सका सुदीप थारुलाई जुनियरतर्फको सर्वोत्कृष्ट वर्ष खेलाडी घोषणा गर्दै पुरस्कार प्रदान गरेको छ ।यस्तै पारा–तेक्वान्दोका खेलाडी पलेसा गोवर्धन र फुटबलका खेलाडी किरण चेम्जोङलाई सिनियरतर्फको सर्वोत्कृष्ट वर्ष खेलाडी घोषणा गर्दै पुरस्कृत गरेको हो ।

त्यस्तै राखेपले यसपटक खेल पत्रकारितामार्फत नेपाली खेलकुदको विकासमा गरेको योगदानको स्मरण गर्दै राससकर्मी मुना कार्की र नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वध्यक्ष महेश आचार्यलाई वर्ष उत्कृष्ट खेलकुद पत्रकार घोषणा गरी पुरस्कृत गरेको छ त्यस्तै नेपालका स्थानीय तहमध्ये खेलकुदका क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन गरेकाले भरतपुरलाई उत्कृष्ट महानगर घोषित गरिएको राखेपले जनाएको छ ।