८ बैशाख २०८१, शनिबार
Follow Us

३७ बर्ष यता डलरको तुलनामा पाउण्ड सबै भन्दा कमजोर

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७९, सोमबार १२:२५

लण्डन । बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरेको छ । सन् १९८५ यता डलरको तुलनामा बेलायती पाउण्ड सबैभन्दा कमजोर भएको स्थानिय संचारमाध्यमले जनाएका छन् ।

बेलायती पाउण्ड सोमबार अमेरिकी डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरे पछि बेलायतको अर्थतन्त्रमा थप समस्याको सङ्केत गरेको छ ।

सोमबार बिहान प्रारम्भिक पाउन्ड मार्केटवाच अनुसार ०.३ % १.१४ डलरमा झरेको जनाएको छ । अहिले ऊर्जा संकटको सामना गर्दा यूरोको लागी पनि समान गिरावट ल्याउने सिएनएनले उल्लेख गरेको छ ।