४ बैशाख २०८१, मंगलवार
Follow Us

साफ महिला च्याम्पियनशीप आजबाट

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७९, मंगलवार ०३:२९

काठमाडौं । आजदेखि सुरु हुने छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपालले आज आफ्नो पहिलो उद्‍घाटन खेल भुटानसँग खेल्दैछ ।

नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लामो समयपछि दशरथ रंगशालामा खेल्न लागेको हो । चारपटकसम्म भारतसँग फाइनलमा हार व्यहोर्दै उपविजेताको रुपमा रहेको नेपाल घरेलु मैदान र समर्थकको साथमा छैटौं संस्करणको फाइनल उपाधी जित्‍ने लक्ष्यसहित मैदानमा उत्रदैछ ।

साफ च्याम्पियनसिपबारे जानकारी दिन हिजाे आयोजित पत्रकार सम्मेलनमा आयोजक राष्ट्र नेपालले छैटौं सस्करणको प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । प्रतियोगितमा भाग लिनका लागि दक्षिण एसियाका सातै देशका खेलाडीहरु काठमाडौं आइपुगिसकेका छन् । भुटान भने दश दिन अगाडि नै नेपाल आइसकेको छ ।

नेपालमा लगातार दोस्रोपटक महिला साफ च्याम्पियनसिप हुन लागेको हो । यसअघि सन् २०१९ मार्चमा विराटनगरमा पाँचौ संस्करण आयोजना भएको थियो । नेपाल भन्दा अघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले एक–एक संस्करणको आयोजना गरेका छन् । साफ च्याम्पियनसिप खेल आगामी असोज ३ गतेसम्म चल्ने छ ।