१२ बैशाख २०८१, बुधबार
Follow Us

भरतपुर महानगरकी मेयर रेणु दाहाल बेलायतमा

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७९, मंगलवार २०:०५

लन्डन। चितवन भरतपुर महानगरकी मेयर रेणु दाहाल मंगलबार लन्डन आइपुगेकी छन्।

उनी करिब दश दिन लामो व्यक्तिगत भ्रमणका लागि बेलायत आएकी हुन् ।

मंगलबार साँझ श्रीमान अर्जुन पाठक र छोरासहित दाहाल लन्डन उत्रिएकी मेयर दाहालको पारिवारिक भेटघाटका लागि बेलायत आएकी हुन् ।

दाहालकी छोरी प्रतिभा पाठक हाल अक्सफोर्ड ब्रुक युनिभर्सिटीमा अध्ययनरत छन् । प्रतिभा आफ्नो परिवारलाई स्वागत गर्न लन्डन हिथ्रो विमानस्थल उत्रिएकी दाहाललाई एनआरएनए यूके सचिव विष्णु चालिसेले मेयर दाहाललाई स्वागत गरेका थिए।