१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा भारतीय मुलकी सुएला गृहमन्त्रीमा नियुक्त

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७९, बुधबार ०३:५४

लण्डन । भारतीय मूलकी ब्यारिस्टर सुएला ब्रेभरम्यान मंगलबार बेलायतको नयाँ गृह मन्त्रीमा नियुक्त भएकी छन् । ४२ वर्षीया सुएलाले यसअघि बेलायत सरकारमा विभिन्न पदमा काम गरिसकेकी छिन् । यसअघि उनी बोरिस जोन्सनको नेतृत्वमा रहेको सरकारमा महान्यायाधिवक्ताको रुपमा कार्यरत थिइन् । अब लिज ट्रसले पनि उनीप्रति विश्वास व्यक्त गर्दै सरकारको शीर्ष टोलीमा उनलाई समावेश गरेकी छन् ।

ब्रेभरम्यान दुई बच्चाकी आमा हुन्। उनकी आमा हिन्दू तमिल र गोवा निवासी हुन्। उनकी आमा मौरिससबाट युके सरे, जबकि उनका बुबा केन्याबाट बसाइँ सरेका थिए। प्रधानमन्त्रीको लागि दोस्रो चरणको निर्वाचनमा उनी पराजित भएकी थिइन् । यसपछि उनले भारतीय मूलका पूर्व अर्थमन्त्री ऋषि सुनकको सट्टा ट्रसलाई समर्थन दिएकी थिइन् ।