१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जापानमा एक भाषा सम्बन्धी विद्यालय बन्द हुँदा ५ सय नेपाली विद्यार्थी अलपत्र

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७९, बुधबार ०४:३७

टोकियो । जापानको फुकुओका शहरको रहेको निशिनिहोन इन्टरनेशनल एजुकेशन एकेडेमी जापानी भाषा विद्यालयले आफ्नै विद्यार्थीहरुलाई चेनले बाँधेर बन्धन बनाउने जस्ता गैर कानुनी कार्य गरेको भन्दै विद्यालयको सम्बन्धन रद्द गरेको बुधवार जापानी संचार माध्यम एनएचकेले खबर प्रकाशन गरेको छ ।

फुकुओकाको ठुलो र पुरानो मध्येको एक रहेको उक्त बिद्यालयमा गत वर्ष अक्टोबरमा विद्यालयका कर्मचारीले २० वर्षका भियतनामी पुरुष विद्यार्थीलाई आफ्नो पेन्टको बेल्ट तथा फलामको चेनले बांधी थुनेर राखेको एवं भोलिपल्ट अन्य कर्मचारीहरुको निगरानीमा त्यसैगरी थुनेर राख्ने लगायतका मानव अधिकार उल्लंघन गरेको पुष्टि भएको कारण बिद्यलयको बन्द गर्ने निर्णय गर्न परेको जनाएको छ ।

उक्त बिद्यालयमा कम्तिमा ५ सय नेपाली बिद्यार्थीहरु अध्ययनरत छन् । बिद्यालयमा नेपाली बिद्यार्थीहरुको संख्या ठूलो रहेको र ति नेपाली बिद्यार्थीको भविष्य माथि गम्भिर अवस्था आईपुगेको भन्दै जापानस्थित नेपाली दूताबासको सहयोग अपेक्षा गरेका छन्।

टोकियोस्थित नेपाली दूताबासले विद्यालय बन्द भएको समाचार सुनेको र पिडित विद्यार्थीहरुको सहयोगको लागि आवश्यक कदम चालिने जनाएकोछ ।