११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए विधान समिति विस्तार

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७९, बुधबार १८:०४

यूरोपबाट रामशरण सिमखडा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान समिति विस्तार गरिएको छ ।

समितिका सदस्य सचिव गंगाधार गौतमको अनुसार यसअघि गठित समितिमा बुधवार बसेको समितिको बैठकले थप ८ जना सदस्य थपिएको हो । समिति अब १५ जनाको रहने छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद केन्द्रिय विधान समितिका संयोजक डा. हेम राज शर्माको अध्यक्षतामा बसेको बैठकले विधान समितिमा प्राप्त सुझावहरुलाई लिपिबद्ध गर्ने निर्णय गरेको छ ।

बैठकमा संघका उपाध्यक्षहरु महेश श्रेष्ठ, भूषण घिमिरे, नरेन्द्र भाट, नारायण प्रसाद आचार्य र यास्मिन बेगम सैयदको उपस्थिति थियो ।

बैठकको निर्णय अनुसार समितिमा थप गरिएका सदस्यहरुमा दुर्गा आचार्य (अस्ट्रेलिया), गौरीराज जोशी (अमेरिका), डा. केशव पौडेल (अमेरिका), रोशन थापा (अफ्रिका), ओम गुरुङ (जापान), रामशरण सिम्खडा (बेलायत), सुनिल शाह (अमेरिका) र लोकप्रसाद दाहाल (बेल्जियम) रहेका छन् ।