८ बैशाख २०८१, शनिबार
Follow Us

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको आजको क्रिकेटमा एनआरएन र सुदुपश्चिमबीच खेल हुदै

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७९, बिहीबार ०४:०५

लण्डन । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आज सुरु हुँदैछ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ गते देखि कात्तिक ३ गतेसम्म आयोजना हुने भएपनि पुरुष क्रिकेट भने सो अगावै सुरु गर्न लागिएको हो ।

प्रतियोगिताको पहिलो दिन आज विभिन्न्न चार खेलहरु हुनेछन् । जसमा दुई खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र दुई खेल मुलपानी मैदानमा हुनेछ । त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा समूह बी मा रहेका एनआरएनए र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल अहिले केहीबेरमा सुरु हुनेछ । एनआरएनएले पहिलो पटक राष्ट्रिय खेलकुदको क्रिकेटमा सहभागीता जनाएको हो ।

त्रिवि मैदानमै आजै हुने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ बीच खेल हुनेछ । यस्तै मुलपानी खेल मैदानमा हुने पहिलो खेलमा समूह ए मा रहेका मधेस प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश आमने–सामने हुनेछन् । प्रतियोगितामा तीन विभागिय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।