८ बैशाख २०८१, शनिबार
Follow Us

च्याम्पियन्स लिग: लिभरपुल स्तब्ध

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७९, बिहीबार ०४:३१

लन्डन । युईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा नेपोलीले लिभरपुललाई ४-१ ले निराश पारेको छ । पियोर्ट जिलेन्स्कीले दुई गोल गर्नुका साथै अर्को एक गोलका लागि पास उपलब्ध गराएपछि लिभरपुल स्तब्ध भएको हो । यस्तै, एन्डर फ्रयांक जाम्बो एन्ग्वेसा र जियोभानी सिमोनीले एक एक गोल गरे ।

लिभरपुलका लुइस लिडाजले एक गोल गरे । नेपोलीले समूह ‘ए’ मा विजयी सुरुआत गर्दा लिभरपुलको जारी सिजनको खराब लयले भने च्याम्पियन्स लिगको पहिलो खेलमा पनि निरन्तरता पायो । लिभरपुलले इङलिस प्रिमियर लिगको सुरुआती ६ खेलमा लय अनुरुपको प्रदर्शन गर्न सकेको छैन ।

लिभरपुलले प्रिमियर लिगको ६ खेलमा मात्र २ खेल जितेको छ । समूह ‘ए’ कै अर्को खेलमा आयाक्सले सुखद सुरुआत गर्ने क्रममा रेन्जर्सलाई ४-० ले हरायो । त्यस्तै समूह ‘बी’ मा एट्लेटिको मड्रिडले एफसी पोर्टोलाई २-१ ले निराश पार्दा क्लब ब्रुजले बायर लेभरकुसनलाई १-० ले हरायो ।

बार्सिलोनाको जित
स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा भोक्टिरिया प्लेजनलाई ५-१ अन्तरले पराजित गरेको छ । नयाँ सिजनमा सानदार सुरुवात गर्ने क्रममा लेवान्डोस्कीले तीन तथा फ्रान्क केसी र फेरान टोरेसले एक एक गोल गरे ।

प्लेजनका जान सिकोराले एक गोल गरे । जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलान २-० को जित निकाल्यो । बायर्नको जितमा साने र डानिलोले एक एक गोल गरे ।