१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती महारानीको स्वास्थ्यमा समस्या, आफन्तहरु बालमोर क्यासलमा

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७९, बिहीबार १३:२१

लण्डन । ९६ वर्षिया बेलायती महारानीको स्वास्थ्यमा समस्या आएको बेलायतस्थित संचार माध्यमले जनाएका छन् ।

महारानी बालमोरलस्थित क्यासलमा बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा समस्या आए पछि आफन्तहरु त्यहाँ जम्मा हुन थालेका छन् ।

शाही परिवारका धेरै वरिष्ठ सदस्यहरू सहित उहाँका सबै छोराछोरीहरू उनको छेउमा पुगेका छन्।

ह्यारी र मेघन पनि आजै एबरडीनशायर जाने भएका छन् ।

महारानीको स्वास्थ्यमा समस्या आएको बकिंघम प्यालेस समेत पुष्टि गरेको छ

उनको चिकित्सा हेरचाह गर्नेहरूको सल्लाहमा उनका छोराछोरीहरू बालमोरलमा भेला हुनु एकदमै महत्त्वपूर्ण क्षण भएको बताइएको छ ।