१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७९, बिहीबार १७:५२

लण्डन । महारानी एलिजाबेथ द्वितीया बाल्मोरलमा निधन भएको बकिङ्गम दरबारले जनाएको छ।

उनको स्वास्थ्यबारे चिकित्सकहरूले चिन्ता व्यक्त गर्दै आज दिउसो एउटा विज्ञप्ति जारी गरेको केही घण्टामा उनको निधन भएको पुष्टि भएको हो ।

“रानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्ण मृत्यु भयो। राजा र रानीको सहयोगी आज साँझ बालमोरलमा रहनेछन् र भोलि लन्डन फर्कनेछन्,” बकिंघम प्यालेसले जनायो ।

रानी एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने सम्राट थिइन् ।

छयानब्बे वर्षीया महारानीको निधन हुनुअघि सबै सन्तानहरू कि त स्कटिस क्षेत्र एबर्डिन नजिकैको उक्त निवासमा पुगेका थिए ।