१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती राजा चार्ल्सद्धारा राष्ट्रका नाममा सम्बोधन (भिडियो)

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७९, शुक्रबार १८:०७

लण्डन । बेलायतका राजा चार्ल्स तृतीयले राष्ट्रका नाममा सम्बोधन गरेका छन ।

उनले सम्बोधन गर्दै भने, ‘आज म तपाईसँग गहिरो दुःखको भावनाको कुरा गर्छु । “उहा जीवन भर महारानी , मेरी प्यारी आमा, मेरो लागि र मेरो सम्पूर्ण परिवारको लागि प्रेरणा र उदाहरण हुनुहुन्थ्यो।”

महारानी एलिजाबेथको जीवन ओजस्वीपूर्ण रहेको थियो ,उनले भने । ७० वर्षभन्दा बढी समयसम्म मेरी आमाले रानीको रूपमा धेरै राष्ट्रका जनताको सेवा गरिन्,’ उनले थपे।

उनले अगाडी भने रानीले बलिदानहरू गरिन् र उनको समर्पण “परिवर्तन र प्रगतिको समयमा,आनन्द र उत्सवको समयमा, र उदासी र क्षतिको समयमा” बलियो रह्यो।

“महारानीले प्रेरित गरेको स्नेह, प्रशंसा र सम्मान उनको शासनकालको पहिचान बनेको छ,” उनले भने।

राजाको रूपमा आफ्नो पहिलो सम्बोधनमा आफ्नी आमा, महारानी एलिजाबेथ द्वितीयको मृत्यु पछि राजाको कर्तव्यहरू पालना गर्ने वाचा गरे। हाम्रो मूल्यमान्यता कायमै छ, र कायम रहनु पर्छ , उनले भने।

राजा चार्ल्स आजै मात्र स्कटल्याण्ड महलबाट लन्डन आएका हुन् ।