६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालको समृद्धीका लागि कुलचन्द्र गौतमले देखेका ७ आधार

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७९, शनिबार ०९:५४

लण्डन् । संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमले हालै प्रकाशन गरेको आत्मकथामा नेपालको भविष्यप्रति आशावादी हुन सकिने ७ वटा आधार प्रस्तुत गरेका छन् । नेपालको भविष्य सुन्दर, शान्त र समृद्ध हुनेमा उनी विश्वस्त छन् ।

उनले नेपालमा विगत चार दशकको अन्तरालमा भएका सकरात्मक र नकरात्मक परिवर्तनको संश्लेषण नयाँ नेपालमा छ पाप र सात पुण्य भन्ने अन्तरक्रियामा उनले ७ वटा आधारहरु प्रस्तुत गरेको पुस्तकमा उल्लेख छ ।

महिलाको सशक्तिकरण र सुवामा फैलिएको चेतना, मनावीय विकासमा उल्लेख्य प्रगति, गैरसरकारी संस्था र नागरिक समाजको सबल पक्ष, आप्रवासी नेपालीहरुले अर्थतन्त्रमा दिएको टेवा र उनीहरुले सिकेको ज्ञान, सीप र प्रविधिको प्रवद्र्धन, निजी क्षेत्रको योगदान, स्वतन्त्र संचारमाध्यम र भ्रष्टाचार विरुद्धको पहरेदारी, अन्तराष्ट्रिय समुदायको सद्भावना र सहयोग रहेका छन् ।

राजा ज्ञानेन्द्रको प्रस्ताव
गौतमले सन् २००२ अक्टोवरको प्रारम्भमा राजा ज्ञानेन्द्रले आफ्ना विश्वासपात्र प्रभाकर राणा मार्फत सम्पर्क गरेर भन्त्री भइदिन प्रस्ताव गरेको उल्लेख गरेका छन् । गौतमले आफुले नेपालको शान्ति प्रक्रिया र द्धन्तपछिको पुनर्निमाण र विकासमा सघाउन तयार रहेको जनाउ दिँदै मन्त्री पद अस्वीकार गरेका थिए । मन्त्री पद अस्वीकार गरे पछि राजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबारमा बोलाएर फेरी राष्ट्रिय योजना आयोगको नेतृत्व सम्माल्न आग्रह गरेका थिए ।