८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन अष्ट्रेलियामा जमुना गुरुङको राजिनामा मागियो

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७९, आईतवार ०८:०५

मेलर्वन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा जमुना गुरुङको राजिनामा माग गरिएको छ । संघको आइतवार सम्पन्न वार्षिक साधारणसभामा संघकी संरक्षक रहेकी गुरुङले संघ बिरुद्ध समानन्तर गतिविधि गरेको भन्दै राजिनामा माग गरिएको हो ।

सभालाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्वमहासचिव डा. ज्ञानेन्द्र रेग्मीले संघका पूर्वअध्यक्ष शेष घले र गुरुङ संघ फुटाउन सकृय रहेको भन्दै नैतिक रुपमा पनि संघभित्र रहन नसक्ने भन्दै राजिनामा माग गरेका हुन् । उनले गुरुङले स्वविवेगले राजिनामा नदिए बोर्डको बैठक मार्फत बर्खास्त गर्न माग गरे ।

रेग्मीले कुल आचार्य कार्यकारी भएको गैरआवासीय नेपाली संघबिरुद्ध अभियान चलाउन छुट कसैलाई नभएको तर्क गरे ।

साधारणसभालाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङले संघका बिरुद्ध गतिविधि गर्नेलाई अनुशासनको दायराभित्र ल्याएर कार्यवाही गर्ने चेतावनी दिएका थिए ।

घले दम्पतीको सकृयतामा गैरआवासीय नेपाली संघको विभाजन गरिएको आरोप उनीहरु माथि लागेको छ । उनीहरुकै सहयोग र सकृयतामा विनोद कुँवर समूहले एनआरएनएको नाममा सामाजिक संजालमा गतिविधि गर्दै आएको छ ।