११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए महासचिवको वार्षिक प्रतिवेदनः कार्यप्रगति शुन्य, भेटघाट र अन्तरक्रिया प्रमुख उपलब्धि

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७९, सोमबार ०७:५१

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामि महिना हुने वार्षिक साधारणसभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

गैरआवासीय नेपाली संघले सोमवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार १६ बुँदे कार्यप्रगति विवरण प्रस्तुत गरिएको छ ।

प्रगति विवरणमा मुख्य रुपमा वैठक, समेमिनार, अन्तरक्रिया, रक्तदान, स्वास्थ्य सामग्री हस्तान्तरण, क्षेत्रीय बैठक, राजनीतिक दलका नेताहरुको भेटघाटलाई प्रमुख उपलब्धिको रुपमा समावेश गरिएको छ ।

महासचिवको वार्षिक प्रगति विवरणमा संस्थागत रुपमा भएका कामहरु भन्दा संघका कार्यकारी अध्यक्ष कुल आचार्यको सकृयतमा भएका गतिविधिहरुका समावेश गरिएको छ । प्रतिवेदनमा संघका सल्लाहाकार, संरक्षक, आइसीसी सदस्य मनोनित हुन नसक्नुको कारण खुलाइएको छैन् । यस्तै संघका १ दर्जन भन्दा बढी देशमा रहेको विवादको समाधानमा भएका प्रगतिहरु समेत समावेश गरिएको छैन् । प्रतिवेदनमा कार्यदलहरुले समेत पूर्णता पाउन नसक्नुको कारण समेत उल्लेख गरिएको छैन् ।

सो प्रतिवेशन संघको अक्टोवर ११ देशी १३ तारिख सम्म हुने वार्षिक साधारणसभामा महासचिव गौरीराज जोशीले प्रस्तुत गर्ने तयारी गरेका छन् ।