८ बैशाख २०८१, शनिबार
Follow Us

मिटरब्याज पीडित र प्रहरीबीच झडप, ६० जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७९, सोमबार ११:५२

काठमाडौं । कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीको बीचमा झडप भएको छ । प्रहरीले ६० भन्दा बढीलाई पक्राउ गरेको छ । झडपमा परेर दुई प्रहरीसहित ३ जना घाइते भएका छन् । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए ।