१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वैदेशिक रोजगारीमा काम गर्नेले आइपीओमा १० प्रतिशत आरक्षण कोटा पाउने

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७९, सोमबार १९:०२

काठमाडौं। संस्थापक सेयरधनी र आयोजना प्रभावित बासिन्दाले सेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभइ बिक्री गर्न नपाइने भएको छ।

विशिष्टिकृत लगानी कोषलाई आइपीओमा आरक्षित सेयर पनि बाँडफाँट भएको मितिले एक वर्षको अवधि पूरा नभइ बिक्री नपाइने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई छैटौं पटक संशोधन गर्दै उक्त व्यवस्था गरेको हो। अब वैदेशिक रोजगारीमा गएका नेपालीले प्राथमिक सेयर निष्कासन (आइपीओ) मा १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन्।

मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नियमावलि बोर्डले सोमबार सार्वजनिक गरेको छ। संशोधित व्यवस्था अनुसार संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा निष्कासित सेयरको दश प्रतिशत वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आरक्षण गरिने छ।

बोर्डले आइपीओमा सर्वसाधरणले पाउँदै आएको कुल सेयरबाटै १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको हो। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले मात्र आरक्षण सेयर पाउनेछन्।