८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री देउवालाई एनआरएनए दिवसमा निम्तो

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७९, मंगलवार १२:४१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रधानमन्त्री शेर बहादुर देउवालाई एनआरएनए दिवसमा निमन्त्रणा दिएको छ ।

गैरआवासीय नेपाली प्रतिनिधि मण्डलले मंगलवार प्रधानमन्त्री कार्यालयमा देउवालाई गैरआवासीय नेपाली दिवसमा प्रमुख आतिथ्यताको लागि निमन्त्रणा दिएको हो ।

गैरआवासीय नेपाली संघले हरेक बर्ष अक्टाबेर ११ का दिन गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ ।

गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यका अनुसार ‘एनआरएन डे’ मूल समारोहको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

संघको वार्षिक साधारणसभा समेत आयोजना हुने सो कार्यक्रममा एनआरएनएका मुद्दाहरु नागरीकता विधेयक, एनआरएन लगानी, पर्यटन प्रवद्र्धन, वैदेशीक रोजगार सम्बन्धि उद्धार कार्यक्रम विदेशमा बस्ने नेपालीलाई मतदानको सुनिश्निता, गैरआवासीय नेपालीको अनुभव, ज्ञान, सीप, विज्ञान तथा प्रविधि सम्बन्धि कार्यपत्रहरुमा छलफल समेत गरिने छ ।