१३ बैशाख २०८१, बिहीबार
Follow Us

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७९, बिहीबार ०४:४९

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा गए राती खसेको पहिरोमा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ चलालमा गए राती परेको वर्षाका कारण खसेको पहिरोले एक घर पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजेर ३० मिनेट जाँदाको समयमा बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित ढुङ्गा खानी नजिकै पहिरो खसेको थियो ।

उक्त पहिरोले घर पुरिँदा सो घरमा सुतिरहेका ६५ वर्षीया ठुली माया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो । निर बहादुर र सावित्रीको घटना स्थलमा नै मृत्यु भएको थियो भने ठुलीमायाको उपचारका क्रममा मृत्यु भएको थियो ।