६ बैशाख २०८१, बिहीबार
Follow Us

एक सय १० वर्ष पुरानो क्लबमा ऋचाको विवाह पार्टी

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७९, बिहीबार ११:५७

मुम्बई । कैयौं वर्षसम्मको एकअर्काको डेटपछि बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अलि फजलसँग विवाह गर्दैछन् । उनीहरूले आगामी ६ अक्टोबरमा विवाह गर्दैछन् । उनीहरूको विवाहको तयारी निकै भव्य किसिमले भइरहेको छ ।

उनीहरूको विवाहको कार्यक्रम ३० सेप्टेम्बरबाट सुरु भएर ७ अक्टोबरसम्म चल्नेछ । ऋचाले वेडिङ आउटफिटका लागि पाँच अलग–अलग डिजाइनर छनोट गरेकी छन् । सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामण्डी’ को छायांकनसँगै ऋचाले विवाहको तयारी पनि गरिरहेकी छन् ।

ऋचा र अलिको पाँच अलग अलग वैवाहिक कार्यक्रम हुने भएकाले पाँच डिजाइनर छनोट गरिएको हो । उनीहरूले विवाह पार्टीका लागि भारतमा रहेको सबैभन्दा पुरानो क्लब दिल्ली जिमखाना क्लब छनोट गरेका छन् । यो क्लब एक सय १० वर्ष पुरानो क्लब हो ।

ऋचा र अलि आफ्ना परिवार तथा नजिकका साथीको उपस्थितिमा मुम्बईमा निजी समारोहमा विवाह गर्दैछन् । त्यसपछि उनीहरुले नयाँदिल्ली र मुम्बईमा पार्टी दिनेछन् ।