१५ चैत्र २०८०, बिहीबार
Follow Us

स्थानीय चुनावपछि थपिए झण्डै २ लाख ५५ हजार मतदाता

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७९, शुक्रबार ११:५७

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका छन् । आयोगका सचिव गोकर्णमणी दुवाडीका अनुसार आज आयोगले यी मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्दैछ।

चुनावमा १० हजार ८ सय ९१ मतदानस्थल रहनेछन्। यस्तै २२ हजार २ सय २६ वटा मतदान केन्द्र कायम गरिएको उनले जानकारी दिए। २०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए। चुनावपछि झण्डै तीन महिनाको अवधिमा दुई लाख ५४ हजार ८ सय ४७ मतदाता थपिएका छन्।