१४ बैशाख २०८१, शुक्रबार
Follow Us

झापामा ७३ वर्षीय वृद्धबाट दुई जना बालिका बलात्कृत

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७९, शुक्रबार ११:५८

झापा । झापामा एक जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ । ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।