१२ बैशाख २०८१, बुधबार
Follow Us

आज विश्वकर्मा पूजा गरिँदै

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७९, शनिबार ०६:०९

काठमाडौं । आज विश्वकर्मा पूजा, विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्विरमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

आजका दिन फलामको विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास रहेको छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकैरातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज वास्तु शास्त्र पुस्तकका लेखक एवंम् अध्येताको सम्झनामा वास्तु दिवससमेत मनाउने गरिन्छ ।