८ बैशाख २०८१, शनिबार
Follow Us

आयो नेपाली कांग्रेसको नयाँ चुनाबी गीत ‘मंसिर चार’

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७९, शनिबार २०:१७

काठमाडौँ । अगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचका लागि भन्दै नेपाली कांग्रेसले नयाँ चुनाव गीत ‘मंसिर चार’ सार्वजनिक गरेको छ । शनिबार नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।
खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य रामहरी खतिवडा लगायतले गीत सार्वजनिक गरे । गीत नेपाली कांग्रेसको निकट नेपाल सांस्कृतिक संघले निर्माण गरेको हो ।
कार्यक्रममा मन्त्री चौधरीले ४ मंसिरको निर्वाचनलाई लक्षित गर्दै नेपाली सांस्कृतिक संघले जुन गीत ल्याएको छ । त्यसले नेपाली कांग्रेसलाई जिताउन र जनतामा भिजाउन उल्लेखनिय भुमिका खेल्ने बताए । ‘सर्वसाधरणले कांग्रेसको सन्देश बुझ्ने गरेर निर्माण भएको चुनाव गीत मैले बिमोचन गर्न पाए । मेरो लागि यो भन्दा ठुलो खुसीको बिषय अन्य के होला’ मन्त्री चौधरीले थपे ।

त्यस्तै केन्द्रीय सदस्य रामहरी खतिवडाले साँस्कृतिक संघले ४ मंसिरको निर्वाचनका लागि भनेर तयार गरेको गीत आफुलाई मन परेको बताए । सबै नेपालीको भावना र मर्म समेटिएको गीत नेपाली काँग्रेसलाई निर्वाचनमा जिताउन महत्वपुर्ण हुने खतिवडाको धारणा थियो ।
साँस्कृति संघका सभापति तीर्थ थापाले नेपाली काँग्रेसलाई स्थानिय निर्वाचनमा जिताउन यस्ता कयौ गीत ल्याएको स्मरण गर्दै ४ मंसिरको निर्वाचनमा काँग्रेसको जित सुनिस्चितताका लागि गीत निर्माण भएको बताए । पार्टीको नेतृत्व तहले साँकृतिक संघको भुमिका र योगदान नदेखेको गुनासो गरेका थापाले नेपाली कांग्रेसलाई निर्वाचनमा हरकिसिमबाट सघाउन संघ तयार रहेको धारणा राखे ।
साँस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्तालाई जनतासमक्ष जान सजिलो होस् भनेर गीत निर्माण गरिएको बताए । रिजालको बिषेश पहलमा गीत निर्माण भएको हो ।
साँस्कृतिक संघका सहमहामन्त्री लेख बहादुर पुन, अभिनेता बिक्रान्त बस्नेत लगायत कांग्रेस निकट थुप्रै कलाकार उपस्थिती कार्यक्रममा रहेको थियो ।
सार्वजनिक गीतमा राधिका हमाल, शशि बिक्रम थापा, गोबिन्द मधुर आचार्य, स्मृति शाही लगायतको स्वर रहेको छ भने शब्द लोकराज अधिकारीका र संगीत गोबिन्द मधुर आचार्यको रहेको छ ।
बिक्रान्त बस्नेत, शिवहरी बैरागी, राधिका हमाल, स्वस्तिका लामिछाने, विष्णु रोक्का, श्रृजना घिमिरे, सरु थपा, गान्दिप गिरी, नविन गिरी, शिव शंकर रिजाल ‘जोगिन्दर’, अर्जुन गिरी, राजेन्द्र खत्री , उत्तम थापा लगायतको अभिनय गीतको भिडियामा देख्न सकिन्छ ।
तीर्थ बहादुर थापाको निर्देशन रहेको गीतको भिडियोमा जीवन पराजुलीको छायांकन तथा उत्तर मगरको सम्पादन छ ।