१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्यटन मन्त्रालयका उपसचिव विरुद्ध मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७९, आईतवार १३:३७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले उपसचिव नेपाललाई केही दिन पहिले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिने क्रममा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग रु छ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपी नेपाल विरुद्ध रु छ लाख बिगो र सोहीअनुसार कैद सजायको माग गरेको छ । आयोगले सापटीवापत लिएको भनिएको रु १६ लाख ५० हजार जफत गर्न माग गरेको छ । आयोगले उपसचिव नेपालको सवारी साधनबाट उक्त रकम बरामद गरेको थियो ।

बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठमाथि पनि घुस दिएर सरकारी कर्मचारी प्रभावित पार्न खोजेको आरोप लगाउँदै आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिमको कारबाहीको माग गरेको छ ।