१५ चैत्र २०८०, बिहीबार
Follow Us

फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०७९, सोमबार ०३:४३

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज (सोमबार) नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

खेल साँझ ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने भएकाे हाे । महिला साफ फुटबल सुरु भए यता प्रतियोगिताले नयाँ च्याम्पियन पाउँने भएका छन् । यसअघि हरेक संस्करणको उपाधि भारतले जितेको थियो ।

तर यसपटक भने भारत सेमिफाइनलमा नेपालसँग १–० ले पराजित भएपछि नयाँ च्याम्पियन आउने बाटो खुलेको हो । भारतलाई पराजित गर्दै फाइनलमा पुगेको नेपाल साेमबार उपाधि जित्दै नयाँ इतिहास रच्ने अभियानमा रहेको छ । सेमिफाइनलमा भुटानलाई पाखा लगाएको बंगलादेशले पनि समूह चरणमा भारतलाई पराजित गरेको थियो ।

साेमबारको फाइनल खेलमा पनि बंगलादेश आफ्नो उत्कृष्ट लय जारी राख्दै उपाधि जित्न चाहेकाे छ ।