१२ बैशाख २०८१, बुधबार
Follow Us

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०७९, सोमबार ०३:४६

काठमाडौँ । आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल ६.५५ रुपैयाँ, डिजेल ४२ पैसा र हवाई इन्धन १.५० रुपैयाँ प्रतिलिटर घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगम लिमिटेडलाई पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको छ ।

शुक्रबार दिउँसो नै निगमले खरिद गर्ने मुख्य पेट्रोलियमको खरिद दर घटेर आए पनि नेपाली बजारका लागि निर्धारण गरिएको बिक्री मूल्य समायोजन गरिएको छैन ।

स्रोतका अनुसार शुक्रबार नयाँ खरिददर प्राप्त हुँदा पेट्रोल ६.५५ रुपैयाँ, डिजेल ४२ पैसा र हवाई इन्धन १.५० रुपैयाँ प्रतिलिटर घटेर आएको छ । ‘आइओसीले मूल्य घटाएर पठाएको छ, तर नेपाली बजारमा समायोजन गर्ने कुनै तयारी छैन,’ निगमका एक कर्मचारीले भने । पेट्रोलियम पदार्थको मूल्य बढेर आएकै दिन नेपाली बजारमा मूल्यवृद्धि गर्ने निगमले घटेर आउँदा भने स्थिर राख्ने पुरानो प्रवृत्तिलाई यस पटक पनि निरन्तरता दिएको छ ।