७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डन दूतावासकी उपनियोग प्रमुख खनाल प्रबल जनसेवा श्री पदकबाट सम्मानित

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७९, सोमबार १५:०९

लण्डन् । बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल पनि राष्ट्रपतिबाट विभूषित भएकी छन् । उनले ‘प्रबल जनसेवा श्री पदक’को सम्मान प्राप्त गरेकी हुन् ।

दूतावासकी उपनियोग प्रमुख खनालले विगतमा केहि महिना बेलायतका लागि नेपाली कार्यवाहक राजदूतको जिम्मेवारी पनि सम्हालेकी थिइन् ।

कार्यवाहक राजदूत रहंदा उनले दूतावासको समग्र कमाण्डका साथै प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको कुशल व्यवस्थापनका लागि प्रशंसा कमाएकी थिइन्।

उनकै नेतृत्वमा लण्डनस्थित नेपाली दूतावासबाट सेवाग्राहीहरुले छिटो र छरितो सेवा प्राप्त गर्दै आएका छन् ।