१३ बैशाख २०८१, बिहीबार
Follow Us

परराष्ट्र मन्त्री डा. खड्काद्धारा कांग्रेस कार्यकर्तासंग लण्डनमा भेटघाट

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७९, सोमबार २०:०८

लण्डन। बेलायत भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा.नारायण खड्काले नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासंग भेटघाट गरेका छन् ।

महारानी एलीजाबेथ द्वितीयाको अन्त्येष्टिको लागि बेलायत आएका खड्काले सोमवार बेलायतस्थित नेपाली दूतावासमा नेपाली जनसम्पर्क समितिका कार्यकर्तालाई भेटेका हुन् ।

भेटघाटमा डा. खड्काले बेलायतमा रहेका पार्टी कार्यकर्ताहरुलाई देशको लागि र पार्टीको लागि क्रियाशील रहन निर्देशन दिए । उनले आगामी संघिय निर्वाचनमा नेपाल गएर आआफ्नो भूमिका वहन गर्न समेत अनुरोध गरे ।

उनले कुनै पनि पार्टीभित्र हुने मतान्तरहरु सामान्य हुने भएकोले गुट, उपगुटको क्रियाशीलता चुनावको लागि अन्तरघाती हुने विचार व्यक्त गर्दै निर्वाचनमा एक जुट हुन् आब्हान गरे ।

भेटघाटमा नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङ लगायतका बक्ताहरुले भूतपूर्व गोर्खा सैनिकहरुको न्यायको लागि सवालमा परराष्ट्र मन्त्रलायलाई सहयोगको लागि आग्रह गरे ।

उनीहरुले भूपूगोर्खाहरुको समान अधिकार र पेन्सनको लागि जारी आन्दोलनमा नेपाली काँग्रेसका नेताहरुले निर्णायक भूमिका खेल्न सुझाव दिए ।

भेटघाट कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका नेताहरु विनोद राज मोक्तान, केश बहादुर गुरुङ, हितकाजी गुरुङ, महेश कुमार दाहाल, कुमारी गुरुङ, डा. सुमाया राई, सूर्य नेम्बाङ, तस्वीर लामा, इ. तेजेन्द्र रोकामगर, राजकुमार सुनार, जंग पुन, अर्जुन कटुवाल समेत उपस्थित थिए ।

त्यस्तै, एनपीसीसी यूकेका बरिष्ठ उपाध्यक्ष रितेश राज पाण्डे, उपाध्यक्ष प्रवेश केसी, महामन्त्री नोर्बु सुन्दर शेर्पा, रेशम बस्याल, कुश बस्नेत, सहमहामन्त्री सन्तोष कुमार सुवेदी र नारायण लामा, कार्यसमिति सदस्यहरु असल लिम्बू उपस्थित थिए।

भेटघाटमा विशेष व्यक्तिहरुमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका सदस्यहरु दिनेश भण्डारी र पूर्ण कुँवर पनि उपस्थित थिए भने उपस्थित डा सुमाया राईले अर्जुन कुमार कटुवालले उदयपूर जिल्ला समाज यूकेको समेत प्रतिनिधित्व गरेको थिए ।

यसअघि परराष्ट्र मन्त्री डा. खड्काले सोमवार ल्यान्कास्टर हाउस पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

परराष्ट्र मन्त्री डा नारायण खडका मंगलबार विहान स्वदेश फर्किने कार्यक्रम रहेको लण्डनस्थित नेपाली दुतावासले जनाएको छ ।