१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए यूकेको प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्री डा. खड्काबीच भेटघाट

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७९, सोमबार २२:५७

लण्डन् । बेलायतमा भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रतिनिधि मण्डलबीच भेटघाट भएको छ ।

गैरआवासीय नेपाली संघ यूकेका महासचिव खुशी लिम्बुका अनुसार प्रतिनिधि मण्डलले शनिवार बिहान मन्त्री खड्कालाई लण्डनस्थित नेपाली दुतावासमा भेटघाट गरेको हो ।

भेटमा एनआरएनए यूकेका उपाध्यक्ष नारायण कंडेलले संस्थाका गतिविधिका बारेमा मन्त्री खड्कालाई जानकारी दिएका थिए । उनले एनआरएनए यूकेलाई एकताबद्ध बनाएर लैजाने प्रकृया शुरु गरिएको जानकारी दिए ।

मन्त्री डा. खड्काले गैरआवासीय नेपाली संघ सबैको साझा संस्था भएको भन्दै सबै पक्षलाई समेटर लैजान सुझाव दिए । उनले बेलायतमा रहेका भूपुगोर्खाहरुको मागलाई वार्ता मार्फत समाधान खोज्न सरकारको तर्फबाट पूर्ण रुप सहयोग रहने प्रतिबद्धता जनाए ।

भेटकाक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, उपमहासचिव रामशरण सिमखडा, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना र परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल, लण्डनस्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनाल लगायतको उपस्थिति थियो ।