September 24, 2022
5:44 PM | 10:29 PM
ताजा खबर

प्रचण्ड, नेपाल र यादवबीच गोप्य छलफल

  23/09/2022 मा प्रकाशित

काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सहमति जुटाउन सकस परिरहेका बेला काँग्रेसबाहेक तीन दलका शीर्ष नेताहरूबिच भेटवार्ता भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटका विषयमा छलफल भएको हो ।

गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले सिट बाँडफाँटमा बढी सिट लिने अडान लिएपछि दाहाल, नेपाल र यादवले मोर्चाबन्दी गरेर छलफल गरेका हुन् । गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुङ्गो लागेको छैन ।

प्रतिक्रिया