१२ बैशाख २०८१, बुधबार
Follow Us

कलाकारद्धय डल्लाकोटी र रायमाझीको लण्डनमा बिदाई

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७९, शुक्रबार १३:२८

लण्डन् । नेपाली लोकदोहोरी क्षेत्रका सर्वाधिक लोकप्रिय कलाकारद्बय अस्मिता डल्लाकोटी र बिशाल रायमाझीलाई लण्डनमा बिदाई गरिएको छ ।

अन्तराष्ट्रीय धादिङ समाजको आयोजनामा बिहिवार दिन लण्डनस्थित साउथह्यारोको गोल्डनसिपमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुको बिदाई गरिएको हो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय उपमहासचिब रामशरण सिमखडा, सहकोषाध्यक्ष कृष्ण तिमिल्सिना, अन्तराष्ट्रीय धादिङ समाजका अध्यक्ष राजन खकुराल, यती नेपाली एसोसियनका अध्यक्ष ध्रुब केसी, रेष्टुरेण्ड संचालक देब गुरुङ साथै नर्सिङ एसोसियसन यूकेकी पूर्ब अध्यक्ष प्रसुना कंडेलले कलाकारद्धयलाई सम्मान गरेका थिए ।
सम्मान समारोहमा कलाकारद्धयले आआफ्नो प्रस्तुती दिएरका थिए ।

उनीहरु बिगत ६ महिना देखि बेलायतका बिभिन्न कार्यक्रमा सहभागी भएर आआफ्नो प्रस्तुती दिन भ्याईनभ्याई थियो । डल्लाकोटी सर्वाधिक व्यस्त दोहोरी गायिकाको रुपमा स्थापित गरेको छन् ।