७ बैशाख २०८१, शुक्रबार
Follow Us

आज पनि गठबन्धन दलबीच छलफल हुँदै

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७९, शनिबार ०४:५५

काठमाडौं । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक आज फेरि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउन गम्भीर छलफल भएको थियो । तर छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बस्नेगरी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको समेत सहभागितामा शीर्ष नेताहरूको बैठक निरन्तर रुपमा बस्दै आएको छ ।