१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज देखि एनआरएनए यूरोप सम्मेलनः श्रम सचिवले उद्धघाटन गर्ने (कार्यक्रम सहित)

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७९, शनिबार ०५:३५

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा आज (शनिवार) देखि सुरु हुदैछ ।

स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने सो सम्मेलनको उद्घाटन श्रम सचिव एक नारायण अर्यालले गर्ने भएका छन् ।

सम्मेलनमा अर्थमन्त्रालय, श्रममन्त्रालय नेपाल उद्योग वाणिज्य महासंघ, संघका केन्द्रीय पदाधिकारी लगायतको विशेष उपस्थिति रहने छ ।

सम्मेलनमा गैरआवासीय नेपाली संघको आन्तरिक तथा नियमित मुद्दामा छलफल हुने आयोजकले जनाएको छ । गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, नेपालमा लगानी, महिला तथा युवा, सम्पतिको अधिकार नेपालमा पर्यटन प्रर्वद्धन, युरोपमा रहेका नेपालीहरुको मुख्य समस्या लगायतका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।

सम्मेलनको अवसर पारेर यूरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ स्वीडेनले लिएको छ ।

दुई दिन सम्म चल्ले सो सम्मेलनको अन्तिम दिन आइतवार स्टकहोम घोषणापत्र जारी गर्दै सम्पन्न हुने छ । सो घोषणापत्र तयार गर्न ९ जनाको कार्यदल गठन गरिएको छ । कार्यदलमा रामशरण सिमखडा, गंगाधार गौतम, चिन्तामणी सापकोटा, सन्तोष भट्राई, पान कुमारी मल्ल, रमेश काफ्ले, चिरन शर्मा, भगिरथ योगि र राजकुमार पाठक रहेका छन् ।