८ बैशाख २०८१, शनिबार
Follow Us

जनसम्पर्क समिति बेलायतद्धारा १०१ जनाको निर्वाचन परिचालन समिति गठन

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७९, शनिबार १८:१२

लण्डन् । बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले नेपालमा हुने संघिय निर्वाचनमा पार्टीको जित सुनिश्चत गर्न १०१ जनाको उच्चस्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

समितिका सभापति युवराज गुरुङको सभापतित्वमा शनिवार लण्डनस्थित फेलथाममा सम्पन्न बैठकले उक्त निर्णय गर्दै करिब दुई दर्जन सल्लाहकारहरुको मनोनयन गरेको छ ।

बैठकले पूर्वसभापतिद्धय विनोदराज मोक्तान, लोक गुरुङ, डा. सम्पूर्णानन्द ढुंगाना, ग्राण्डमास्टर राष्ट्र कुमार राई, हितकाजी गुरुङ, चेतनाथ खनाल, चिरन्जीबी ढकाल, डा। सुमाया राई, मोती भण्डारी, चिरन शर्मा, याम बहादुर आङबुहाङ, तस्वीर लामा, सुनील गुरुङ, राजकुमार त्रिपाठी, बिपिन निरौला, सुवाश पोखरेल, प्रताप सायमाझी, जगत राई, मोहन नेम्वागं, राजकुमार सुनार र शिवजी श्रेष्ठलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

बैठकले समितिका बिभागहरुलाई समेत पूर्णता दिएको छ । समितिको संगठन विभाग प्रमुखमा महेश कुमार दाहाल रहेका छन् । सो विभागको सदस्यमा असल लिम्बु, सन्तोष कुमार सुवेदी, थर्कराज जिमी, बागबिर पुन र विनोद योन्जन छन् ।

बैठकले कार्यक्रम संयोजन विभाग प्रमुखमा खुशी लिम्बू, महिला विभाग प्रमुखमा रोमियन लिम्बु मनोनयन गरेको छ ।

यस्तै, गोर्खा विभाग प्रमुखमा किरण राई मनोनयन भए । सो विभागको सदस्यमा रिचर्ड राई, जंग बहादुर पुन, शिवध्वज राई रहेका छन् ।

समितिले नेपालमा हुन् गैरहेको संघिय निर्वाचनमा सकृय रुपमा लाग्न नेपाली कांग्रेसका शुभचिन्तक तथा कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

बैठकले संसदको दुवै सदनबाट पारित भएको नागरिकता सम्बन्धी बियेयकलाई राष्ट्पिति विद्या देवी भण्डारीले रोकेर राखेको प्रति खेद प्रकट गरेको छ ।

बैठकमा नेपाली नागरिकताको निरन्तरता, भूपुगोर्खा आन्दोलन, संघिय निर्वाचन लगायतका अजेण्डामा छलफल भएको जनसम्पर्क समितिले जनाएको छ ।