१३ बैशाख २०८१, बिहीबार
Follow Us

डेंगु रोकथामको लागि एनआरएनएले जनचेतना कार्यक्रम संचालन गर्दै

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७९, आईतवार ०५:०२

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा सुरु भएको डेंगु भाइरस रोकथाम गर्न जनचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघको अध्यक्ष रविना थापाका अनुसार संघको स्वास्थ्य समितिको सकृयतामा आइतवार भर्रचुअल जनचेतना कार्यक्रम गर्न लागिएको हो ।

नेपालमा डेंगु भाइरसबाट हजारौं मानिस संक्रमित भएर सयौं अस्पतालमा भर्ना भएका छन् । पछिल्लो सयम काठमाडौं उपत्यकामा डेंगु भाइरसको संक्रमणको उच्च जोखिममा रहेको छ ।

एनआरएनए विश्व स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाको समन्वयमा एनआरएनए ग्लोबल हेल्थ कमिटीले डान्फे केयरसँग सहकार्य गरी डेंगु भाइरल रोगको रोकथाम, प्रारम्भिक उपचार र व्यवस्थापनबारे सो अन्तरक्रिया कार्यक्रममा जानकारी दिइने छ ।

कार्यक्रममा डा प्रभात अधिकारी सहित डेंगु विशेषज्ञहरूले सो रोगथामको लागि चाल्नु पर्ने कदमका बारेमा आआफ्ना भनाईहरु राख्ने छन् ।


डेंगु: सचेतना, रोकथाम, उपचार र व्यवस्थापन

नेपालमा डेंगु भाइरसबाट हजारौं मानिस संक्रमित भइसकेका छन, सयौं अस्पतालमा भर्ना भएका छन् । अधिकजसो काठमाडौं उपत्यकाको जनसंख्या डेंगु भाइरसको संक्रमणको जोखिममा छ ।
एनआरएनएका अध्यक्ष श्री रविना थापाको पहलमा र एनआरएनए विश्व स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाको समन्वयमा एनआरएनए ग्लोबल हेल्थ कमिटीले डान्फे केयरसँग सहकार्य गरी डेंगु भाइरल रोगको रोकथाम, प्रारम्भिक उपचार र व्यवस्थापनबारे जनचेतना जगाउन यो महत्वपूर्ण वेबिनार आयोजना गरेको
एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आज डेंगु भाइरस रोगबारे सचेतना, रोकथाम र व्यवस्थापनसम्बन्धी महत्वपूर्ण वेबिनार आयोजना गर्दैछ ।

कृपया यस वेबिनारमा सामेल हुनुहोस् र डेंगु कसरी रोक्न सकिन्छ, यसलाई छिटो उपचार गर्न र व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे जान्नुहोस्। प्रमुख डेंगु विशेषज्ञहरूले वेबिनारमा बोल्नेछन् र तपाईंका प्रश्नहरूको जवाफ दिनेछन्।

मिति: आइतबार, सेप्टेम्बर 25
समयः नेपाली समय साँझ ६ः०० बजे
वक्ताहरू: डा प्रभात अधिकारी सहित सरुवा रोग तथा डेंगु विज्ञ
संयोजक: डा सञ्जीव सापकोटा, डा सागर पौडेल
आयोजकहरू:
एनआरएनए विश्व स्वास्थ्य समिति
र DANPHE केयर