१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए कार्यकारी नेतृत्व हस्तान्तरण गर्ने तयारी, पत्रकार सम्मेलन गर्दै रविना थापा

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७९, आईतवार १४:२५

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यले आफ्नो कार्यकारी पद हस्तान्तरण गर्ने तयारी गरेका छन् ।

गैरआवासीय नेपाली संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप आचार्यले आगामी अक्टोवर १ तारिख सो पद संघको अध्यक्ष रविना थापालाई हस्तान्तरण गर्न लागेका हुन् । संघको पदाधिकारी बैठकमा थापालाई कार्यकारी अध्यक्षको रुपमा स्वागत गर्ने संघको तयारी रहेको छ।

आगामी साता देखी कार्यकारी पद समाल्न लागेकी थापाले अक्टोवर २ तारिख एक पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो कार्यकालमा गर्ने प्रमुख प्राथामिकताहरु सार्वजनिक गर्ने भएकी छन् । भरर्चुअल मार्फत आयोजना हुने सो पत्रकार सम्मेलनमा सहभागी हुन् थापाले संचारकर्मीहरुलाई आग्रह गरेकी छन् ।