१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए यूकेको ‘विषेश साधारणसभा’ १८ अक्टोवरमा हुने

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७९, सोमबार १८:१८

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको विषेश साधारणसभा अक्टोवरको दोस्रो साता हुने भएको छ ।
संघका महासचिव खुशि लिम्बुका अनुसार सो साधारणसभा आगामी अक्टोवर १८ तारिख, मंगलवार लण्डनमा आयोजना हुने भएको हो ।

गैरआवासीय नेपाली संघले अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरे पछि संघले विषेश साधारणसभाको आब्हान गरेको हो ।

साधारणसभाको तयारीको लागि संघका उपाध्यक्ष शुनिलबाबु खड्काको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ ।

सभामा गैरआवासीय नेपाली संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसीलाई निमन्त्रणा गर्ने एनआरएनए यूकेको तयारी रहेको छ ।

सो साधारणसभामा बेलायतस्थित संघका संस्थापकहरु, पूर्वअध्यक्षहरु, नेपाली संघसँस्थाका प्रतिनिधि तथा संघका केन्द्रीय पदाधिकारीहरुको विषेश उपस्थिति रहने छ ।
लण्डन ह्यारोस्थित ब्लुरुम सभाहलमा आयोजना हुने सो सभामा संघको आर्थिक, वार्षिक तथा विधान संसोधन प्रस्ताव प्रस्तुत हुने बताइएको छ ।

संघका उपाध्यक्ष मोहन कार्कीले साधारणसभामा संघको आर्थिक पारदर्शिता, सदस्यता वितरण, भावि कार्ययोजनाहरु प्रस्तुत हुने बताए । कार्कीका अनुसार सो साधारणसभाले संघको रिक्त अध्यक्ष पदमा नयां नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ ।

यसअघि संघका २९ मध्ये २४ जना कार्यसमितिका सदस्यहरुले अध्यक्ष गाहामगरलाई कारवाहीको लागि संघको अन्तराष्ट्रि परिषदमा लिखित रुपमा सिफारिस गरेका थिए ।