११ बैशाख २०८१, मंगलवार
Follow Us

जर्मनी र इंग्ल्यान्ड बराबरी, इटाली फाइनल चरणमा

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०७९, मंगलवार ०४:५६

लन्डन । हंगेरीलाई २-० ले पराजित गर्दै इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । सोमबार राति इटालीलाई जित दिलाउन जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक-एक गोल गरे ।

२७औं मिनेटमा रास्पाडोरीले सुरुआती गोल गरे । ५२ औं मिनेटमा फेडेरिकोले दोस्रो गोल गरे । जितसँगै लिग ए समूह ३ बाट इटालीले ६ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा रह्यो । हंगेरी १० अंक जोडेर दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३-३ गोलको बराबरी खेले । जर्मनी तेस्रो स्थानमा रह्यो भने इंग्ल्यान्ड पुछारमा रह्यो ।