१५ चैत्र २०८०, बिहीबार
Follow Us

पोर्चुगललाई हराउँदै स्पेन फाइनल चरणमा

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०७९, बुधबार ०५:२५

लन्डन । पोर्चुगललाई १-० अन्तरले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल चरणमा प्रवेश गरेका छन् । स्पेनको जितमा ८८औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे । जितसँगै स्पेन ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा छ । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ ।

मेस्सीको गोलमा अर्जेन्टिनाको जित
वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोल मद्दतमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ । बुधबार बिहान मेसीको दुई तथा जुलियन अल्भारेजले एक गोल गरेपछी अर्जेन्टिनाले जमैकालाई ३-० ले पराजित गर्यो ।

खेलको १३औं मिनेटमा अल्भारेज पहिलो गोल गरे । ८६ औं मिनेटमा मेस्सीले अग्रता २-० को बनाए । ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गरे । यश अघि मेस्सी ५६औं मिनेटमा लौटारो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए । अर्जेन्टिना कतार विश्वकपको तयारीमा रहेको छ ।

ब्राजिलको सानदार जित
ट्युनिसियालाई ५–१ले हराउँदै ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । बुधबार बिहान ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै, रिचार्लीसन, नेयमार र पेड्रोले समान एक एक गोल गरे । ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए । कतार फिफा विश्वकप २०२२ को तयारी लागि ब्राजिलले मैत्रीपुर्ण खेल खेलेको हो ।