१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए महिला पदाधिकारीहरुले छुट्टै शुभकामना आदान – प्रदान कार्यक्रम गर्ने

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७९, बिहीबार ०९:२८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला पदाधिकारीहरुले छुट्टै वियजदशमी, दीपावली तथा छठको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

संघकी सचिव टिका गुरुङ्ग (राधिका) का अनुसार विश्वभर छरिएका महिला, गैरआवासीय नेपालीहरु, संघका पदाधिकारीबीच शुभकामना आदान – प्रदान गर्न सो कार्यक्रमको आयोजना गरिएको हो ।

संघको महिला विभागले सो कार्यक्रममा आगामी अक्टोवर ३ तारिख भरर्चुअल मार्फत आयोजना गर्न लागेको हो । नेपाली समय अनुसार साँझ ५ बजे आयोजना हुने कार्यक्रममा गैरआवासीय नेपाली संघका पदाधिकारी, संघका पूर्वअध्यक्ष लगायत बिभिन्न देशका राष्ट्रिय समितिका पदाधिकारीहरुको समेत सहभागीता रहनेछ ।