१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्वास्थ्यमन्त्रीद्धारा एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सापकोटा सम्मानित

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७९, बिहीबार १४:२१

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अध्यक्ष डा. संन्जिव सापकोटा सम्मानित भएका छन् ।

सापकोटालाई विहिवार काठमाडौंमा स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष समारोहकाबीच स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

सम्मानलाई चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सफलताको रुपमा लिएको डा. सापकोटाले जनाए ।

डा. सापकोटाले सो सम्मान पछि विश्वभर रहेका नेपाली समुदायको सेवामा थप काम गर्ने उत्साह मिलेको बताए ।

डा. सापकोटाले चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सिड्नीद्धारा जारी घोषणापत्र बाचन गरेर सुनाएका थिए।

मन्त्री खापुङले गैरआवासीय नेपालीहरुले नेपालप्रति देखाएको माया र सदभावको प्रशंसा गरेका थिए ।