१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कतारका लागि पर्यटनदूतमा एनआरएनए पूर्व उपाध्यक्ष कार्की नियुक्त

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७९, शुक्रबार १८:१६

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपाध्यक्ष तथा निबर्तमान सल्लाहकार टिवी कार्की पर्यटन दूतमा नियुक्त हुनु भएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार कार्कीलाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरिएको हो ।

पर्यटन सचिव सुरेश अधिकारीले पठाएको पत्रमा कार्कीलाई गत ९ असोजमा बसेको मन्त्रीपरिषद्को बैठकको निर्णअनुसार कतारको दोहा कार्यक्षेत्र रहने गरि सद्भावना पर्यटन दूतमा नियुक्त गरिएको उल्लेख छ ।

एनआरएन अभियानमा सक्रिय कार्की कतारमा लामो समयदेखि बस्दै आउनु भएको छ ।