१५ बैशाख २०८१, शनिबार
Follow Us

गायक प्रकाश कटुवाल, बल्छि धुब्रे र राजु मास्टर बेलायतमा

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७९, आईतवार २३:२४

बेलायतमा दशैँ तिहारको लागि तय भएका मनोरन्जनात्मक कार्यक्रमहरुलाई लागि हास्य कलाकार बेलायत उत्रिएका छन् । प्रवासमा पनि नेपाली कला संस्कृतिको प्रबद्र्धनसहित मनोरञ्जनात्मक कार्यक्रम गर्न गायक तथा हास्य कलाकारहरु लण्डन आइपुगेका हुन् । उनीहरुलाई जेन्स युकेका अध्यक्ष तिलक भट्टराई र जेन्स युकेका सल्लाहकार डा. मुकुन्द बास्तालाले शनिवार साँझ बेलायतका स्वागत गरेका थिए ।

कलाकारहरुले बेलायतका विभिन्न शहरमा दशैँ तिहार कार्यक्रम गर्दैछन । कार्यक्रमका लागि लोक गायक प्रकाश कटुवाल, हास्यकलाकारहरु मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वे र राजु पौडेल उर्फ राजु मास्टर शनिवार यहाँ आइसकेका छन् ।

गायक कटुवाल पहिलो पटक बेलायतमा हुने कार्यक्रममा सहभागी हुदैछन् । उनको “चोरी खान पल्केको यो ढाडे बिरालो” लगायतका गीतहरु निकै चर्चामा छ। मेरी बास्सै हास्य टेलिश्रृङ्खलाबाट चर्चित तथा टेलिश्रङ्खला जुठे ‘र “हल्का रमाइलो’ नामक सिरियलले चर्चित कलाकार बल्छी धुर्वे र राजु मास्टरले दिने कार्यक्रमबाट बेलायतवासी नेपालीहरुले मनोरन्जन लिने अपेक्षा गरेको सफल व्यवसायी तिलक भट्टराईको छ ।