१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रवासी नेपाली मंच यूके इन्चार्ज र विभागहरुको जिम्मेवारी तोकियो

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७९, मंगलवार ०८:४९

लण्डन । प्रवासी नेपाली मंच (ओएनअफ) यूकेको पूर्ण कार्यसमिति बैठकले बेलायतभर इन्जार्च र १० विभागहरुको जिम्मेवारी तोकेको छ ।

ह्यारोस्थित सारस रेष्टुरेन्टमा तुंगभद्र भुसालको अध्यक्षतामा आइतबार बसेको बैठकले पदाधिकारीहरुलाई क्षेत्रसहित इन्चार्जको जिम्मेवारी दिइएको हो । जसअनुसार साइथ इस्ट इन्चार्जको जिम्मा उपाध्यक्ष सुरेशजंग शाह, रिडिङ र वेल्स इन्चार्जको जिम्मेवारी अर्का उपाध्यक्ष कृष्ण भण्डारी र स्कटल्याण्डको जिम्मेवारी अर्का उपाध्यक्ष तथा अर्थविद् डा. मुकुन्द बास्तोलालाई दिइएको छ ।

त्यस्तै, मिडल्याण्ड इन्चार्जमा उपसचिव गोविन्द सापकोटा, नर्थ वेस्ट इन्चार्जमा अर्का उपसचिव लिलामान सेरपुन्जा र अर्का उपसचिव कल्पना आङबुहाङलाई साउथ वेस्ट इन्चार्जको जिम्मेवारी दिइएको छ ।

पूर्ण कार्यसमितिको बैठकले १० वटा बिभाग समेत गठन गरि कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी दिइएको अध्यक्ष भुसालले बताए । उनकाअनुसार संगठन विभाग प्रमुखमा बालकृष्ण भुसाल, उपप्रमुख तारानाथ भण्डारी र सचिव सुशिल खरेल छन् ।

त्यस्तै, प्रचार प्रकाशन तथा प्रविधि विभाग प्रमुखमा श्याम लुईटेल र सचिवमा निर्देशन त्रिपाठी रहेका छन् । आर्थिक विभाग प्रमुखमा पुण्य रेग्मी र उप प्रमुख अर्जुन चापागाई छन् । त्यस्तै, संघ संस्था समन्वय तथा गोर्खा मामिला विभाग प्रमुखमा पशुपति पोखरेल, उप प्रमुख प्रेम गुरुङ र सचिव जयराम कंडेल र बुद्धिजिवी एवं बैचारिक अनुसन्धान विभाग प्रमुखमा लेखनाथ खरेल र उप प्रमुख गंगा क्षेत्री छन् ।

त्यस्तै, पर्यटन तथा लगानी प्रवर्धन विभाग प्रमुखमा तिलक भट्टराई र उप प्रमुखमा बसन्त नेपाल छन् । युवा विद्यार्थी तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुखमा केदार थपलिया र उप प्रमुखमा मुकुन्द खरेल छन् । नेपाली नागरिकता तथा कानुनी परामर्श विभाग प्रमुखमा बिदुर खत्री र उप प्रमुख दिवाकर पाण्डे छन् । कला, सस्कृति विभाग प्रमुखमा प्रकाश कंडेल र उप प्रमुखमा रुपेश राउत छन् । त्यस्तैगरी, महिला बालबालिका तथा जेष्ठ नागरिक विभाग प्रमुखमा सुदेशा बजागाई, उप प्रमुखमा केशरी क्षेत्री र सचिवमा दुर्गा बानियाँ क्षेत्री छन् ।

बैठकले प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटिको काठमाडौंमा हुन लागेको अधिवेशनमा सर्वसम्मत रुपमा प्रतिनिधिहरु चयन गरेको छ । जसमा बेलायतबाट १५ जना प्रतिनिधिहरुले अन्तराष्ट्रिय कमिटिमा भाग लिन पाउने छन् ।

बैठकले आगामी १७ अक्टोबरमा आयोजना गरिएको दशैं तिहार शुभकामना साँझलाई थप ससक्त बनाउने सिंगो कार्यसमिति लाग्ने निर्णय गर्दै उपस्थितिका लागि नेपाली समुदायलाई आव्हान गरेको छ ।