१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए यूकेको विशेष साधारणसभाको तयारी तिब्र

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७९, आईतवार १९:०१

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विषेश साधारणसभाको तयारीलाई तिब्रता दिएको छ ।

एनआरएनए यूकेका उपाध्यक्ष रामचन्द्र पोखरेलका अनुसार गैरआवासीय नेपाली संघ यूकेले आगामी १८ अक्टोवर मंगलवारमा हुने साधारण सभालाई मध्यनजर गर्दै सुझाव संकलन गर्ने भएको छ ।

संघका उपाध्यक्ष सुनिलबाबु खड्काको अध्यक्षतामा आइतवार बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ।

बैठकले आगामी १२ अक्टोवर बुधवार साँझ ६ बजे भर्चुअल जुम मार्फत बेलायतबाट आईसीसीमा प्रतिनिधित्व गर्ने सबै पधाधिकारी तथा सदस्यहरु, एनआरएनए यूकेका पूर्व पदाधिकारी तथा अध्यक्षहरु र बेलायतका चार वटै राज्यका प्रतिनिधिहरुसंग भर्चुवल सुझाव संकलन गर्ने निर्णय गरेको छ ।

बैठकमा अधिवेशन तयारी समितिका संयोजक तथा उपाध्यक्ष सुनिलबाबु खड्काले अनुमानित खर्चको विवरण प्रस्तुत गरेका थिए ।

संघको अर्को बैठक १६ अक्टोवर आईतवार बिहान ११ बजे बस्ने संघले जनाएको छ ।