१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए वार्षिक साधारणसभाः आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मतले पारित

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७९, सोमबार १९:००

लण्डन् । गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा सोमबार राजधानीमा सम्पन्न भएको छ । काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले महासचिवद्धय गौरीराज जोशी र डा केशव पौडेलद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतले पारित गरेको छ ।

संघको विधान समितिका संयोजक डा. हेम राज शर्माद्धारा प्रस्तुत विधान प्रतिवेदन माथिको छलफल जारी रहेको छ ।

कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा सम्पन्न सभामा संघका अध्यक्ष डा. बद्री केसी, कुल आचार्य लगायत संघका पदाधिकारीहरुको उपस्थिति थियो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसको अवसरमा मंगलबार संघले काठमाण्डौंमा एक विशेष समारोहको आयोजना गर्न लागेको संघले जनाएको छ ।

मंगलवार होटल याक एण्ड यतिमा आयोजना हुने समारोहलाई प्रधानमन्त्री शेर बहादुर देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।
समारोहमा गृहमन्त्री बालकृष्ण खाँड, कानूनमन्त्री गोविन्द बन्दी, परराष्ट्रमन्त्री नारायण खड्का, कांग्रेस नेता राधेश्याम अधिकारी, पूर्वमन्त्री रामकुमारी झाँक्री, माओवादी नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजबादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, मुख्यसचिव शंकरदास बैरागी लगायत नेपाल सरकारका उच्चपदाधिकारी तथा सचिवहरुको उपस्थिति रहनेछ ।

दुई दिन सम्म चल्ले कार्यक्रमको अन्तिम दिन समापन समारोहलाई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माले सम्बोधन गर्ने कार्यक्रमतय गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

सरकारले अक्टोवर ११ तारिखलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रुपमा मनाउदै आएको छ । सन् २००३ मा समृद्ध नेपालको परिकल्पना सहित “नेपालीको लागि नेपाली” भन्ने मुल नारा सहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८४ देशमा शाखा रहेको छ ।