१३ बैशाख २०८१, बिहीबार
Follow Us

मिडल्याण्डमा सम्झिए प्रदीप गिरी

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७९, सोमबार २२:५०

लण्डन । नेपाली जनसम्पर्क समिति मिडल्याण्डले नेपाली कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको ४५ औ पुण्यतिथिमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

सोही अवसर पारेर नेपाली कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको ४५ औ पुण्यतिथिमा उहाँप्रति श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति नेपाली जनसम्पर्क समिति युकेका सल्लाहकार शिवजी श्रेष्ठले समाजवादी चिन्तक बौद्धिक नेता स्वर्गीय गिरीको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पारेका थिए ।

त्यस्तै विशेष अथिति जनसम्पर्क समिति युकेका सह-महामन्त्री गुन्जेस्वर न्यौपाने ,समाजसेवी कमल भण्डारी, जनसम्पर्क समितिका पूर्व महामन्त्री शिव तिमिल्सिना, पूर्व सह-महामन्त्री शेखर कणेल, पूर्व कोषाध्यक्ष कृष्ण गुरूङ, एनआरएनए युकेका सहकोषाध्यक्ष शशांक शर्मा,शरद शाही लगायतले स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रीय अधिवेशन तयारी समितिका संयोजक नारायण आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन जनसम्पर्क समिति युकेका निवर्तमान महामन्त्री केशब भण्डारीले गरेका थिए ।

निवर्तमान सह-महामन्त्री उपेन्द्र पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा धन्यवाद मन्तव्य तयारी समितिका सदस्य किशोर लामिछानेले दिएका थिए ।

आईतबार सोही अवसरमै बसेको अधिवेशन तयारी समितिको सल्लाहकार सहितको बैठकले नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रिय अधिवेशन आगामी जनवरी २०२३ को दोस्रो हप्तामा नेपाली जनसम्पर्क समिति युकेसंग समन्वय गरी गर्ने निणर्य गरेको जानकारी गराईएको थियो । कार्यक्रमको लागि नमस्ते डाईनिक रेस्टुरेन्ट ग्रान्थमका प्रकास केसीले भेन्यु दिएर सहयोग गरेका थिए ।